दाङमा ‘नो एमसीसी’ लेखिएको शंकास्पद वस्तु फेला, सेनाको टोली घटनास्थलमा

दाङ, ८ फागुन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही सडक छेउ नजिकै प्रेसर कुकरमा तारले जेलिएको शंकास्पद वस्तु फेला परेको छ ।

लमही नगरपालिका वडा नम्बर–७ स्थित पदमिनी खोलाको २०० मिटरको दक्षिणतर्फ सडक छेउमा तार जोडेर राखिएको शंकास्पद प्रेसर कुकर फेला परेको प्रहरीले जनाएको छ ।

‘नो एमसीसी’ लेखिएको शंकास्पद वस्तु शनिबार राति ११ बजे सडक छेउमा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेशकुमार काफ्लेले जानकारी दिए ।शंकास्पद वस्तु बम हुनसक्ने भन्दै नेपाली सेना निष्क्रय पार्न घटनास्थल पुगेको प्रहरी उपरीक्षक काफ्लेले बताए ।अहिले सेनाले निष्क्रिय पार्ने काम गरिरहेको छ । पूर्वपश्चिम राजमार्ग एकतर्फी खुला गरेर सवारी सञ्चालनमा ल्याइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति