आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत नेपालले आज फिलिपिन्सविरुद्ध खेल्दै


काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग खेल्दै छ।

विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालले आफ्नो समूहको कमजोर टिम फिलिपिन्ससँग खेल्दै छ। नेपाली समय अनुसार ११स्४५ मा सुरू हुने खेल ओमानको अलअमिरात क्रिकट मैदानमा हुदैछ। नेपालले फिलिपिन्ससँग पहिलो पटक खेल्न लागेको हो ।

छनोटको समूह ‘ए’ मा रहेको नेपाल आज फिलिपिन्सलाई हराउँदै छनोटमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । समूहको पहिलो खेल खेल्दै शुक्रबार ओमानमाथि रोमाञ्चक जित हासिल गरेको नेपालको दोस्रो खेल खेल्न लागेको हो।

नेपालले शुक्रबार भएको पहिलो खेलमा ओमानलाई ३९ रनले हराएको थियो । नेपाल २ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति