नेपालले ओमानलाई दियो ११८ रनको लक्ष्य


काठमाडौं, ६ फागुन । ट्वान्टी–२० विश्वकप छनोटको पहिलो खेलमा नेपालले ओमानविरुद्ध टस हारेर पहिलो ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाउँदै केवल ११७ रन बनाउन सकेको छ । नेपालकोतर्फबाट मध्यक्रममा ब्याटिङ गर्न आएका आरिफ सेखले ३७ बलमा ३८ रन बनाएपछि ओमानविरुद्ध ११८ रनको लक्ष्य प्रस्तुत गर्न सफल भएको हो ।नेपालका ५ जना ब्याट्स्म्यानले मात्रै दोहोरो रन बनाउन सके ।

पहिलो ओभरदेखि नै फितलो सुरुआत गरेको नेपालले आसिफ सेखलाई केवल ६ रनमा गुमाएको थियो । उनले व्यक्तिगत ४ रन बनाउँदै बिलाल खानको बलमा क्याच आउट भएका थिए ।

सेखसँगै विकेटको पतन नेपालको ब्याटिङक्रम ओमानको बलर सामु निरिह हुँदै पेभिलियन फर्किने क्रम सुरु भएको थियो । त्यसपछि नेपालका कुशल भुर्तेल केवल ५ रन बनाउँदै बिलालकै बलमा आउट भएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति