आइतबार बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं, ६ फागुन । आइतबार बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले आदिवासी जनजाति आयोगको प्रतिवेदन आ.व २०७७/७८ पेश गरेका थिए। त्यसलगत्तै सभामुख अग्नि सापकोटाले अर्को बैठक आइतबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरेका हुन्।शुक्रबार बसेको संसदमा नेकपा एमालेले अवरोध कायम राखेको थियो। अवरोधबीच सभामुख सापकोटाले संसद अघि बढाएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति