गठबन्धन बैठकलगत्तै प्रधानमन्त्री देउवा ओली भेट्न बालकोटमा

काठमाडौं, ५ फागुन ।   बालुवाटारमा गठबन्धनको बैठक सकिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका छन्।

प्रधानमन्त्री देउवा अघि राति साढे ८ बजे ओली निवास आइपुगेको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए। पाँच दलीय गठबन्धनको बालुवाटारमा बसेको तीन घण्टा लामो बैठकमा देउवा अमेरिकी सहायता परियोजना एमसीसी भोलिको संसद बैठकमा टेबल गर्ने अडान लिएका थिए।

तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पहिले संसद खुलाउन प्रतिपक्षीलाई मनाउनुपर्ने शर्त राखेका थिए।गठबन्धनमा सहमति नभएपछि भोलिसम्मका लागि बैठक स्थगित गरेर देउवा बालकोट पुगेका हुन्। बालकोटमा देउवाले ओलीसँग भदौ २३ गतेदेखि अवरोध भइरहेको संसद खुलाउन आग्रह गर्ने बताइएको छ। यसअघि बिहीबार बिहान देउवाले आफ्नो प्रतिनिधिका रुपमा डा. मिनेन्द्र रिजाललाई ओलीसँग वार्ता गर्न बालकोट पठाएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति