नेपाल प्रहरीमा थपियो तीन एआईजीको दरबन्दी: को-को छन् दावेर नामसहित

काठमाडौं, ५ फागुन । सरकारले नेपाल प्रहरीमा तीनजना एआईजीको दरबन्दी थप गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले दरबन्दी थप्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। यससँगै नेपाल प्रहरीमा एआईजीको दरबन्दी संख्या ८ पुगेको छ।

दरबन्दी थपका लागि संगठन व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) गरेर गृह मन्त्रालयमा पठाएको थियो। गृहमन्त्रालयले अघिल्लो सोमबार नै एआईजी थपको प्रस्ताव मन्त्री परिषदमा पेश गरेको भए पनि निर्णय भने भएको थिएन। थपिएको दरबन्दी मानव श्रोत एवम् प्रशासन विभागलाई अलग गरेर एउटा, केन्द्रीय अनुसन्धान ब्युरोमा र प्रदेश समन्वय विभागमा रहनेछन्। एआईजीका लागि डीआईजीहरू ईश्वरबाबु कार्की र वसन्त पन्तसहित पछिल्लो ब्याची धीरजप्रताप सिंह, उत्तमराज सुवेदी, वसन्त लामा र रवीन्द्र धानुक मुख्य प्रतिस्पर्धी हुन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति