ए डिभिजन लिगः एपीएफले मनाङलाई हरायो, सङ्कटालाई हराउँदै एनआरटी शीर्ष पाँचमा

काठमाण्डौ, ५ फागुन । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलले मनाङ मर्स्याङ्दी क्लबलाई हराएको छ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज बिहीवार भएको खेलमा एपीएफले मनाङलाई तीन–एक गोलले हरायो । पहिलो हाफ एक–एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा एपीएफले दुई गोल गर्‍यो । मनाङका अञ्जन विष्टले गोल गरेर मनाङलाई अग्रता दिलाए पनि क्लब हार्न बाध्य भयो । एपीएफका लागि आशिष लामा, मणि लामा र नवीन लामाले गोल गरे । आजको जितसँगै एपीएफ रेलिगेशनमा पर्ने सम्भावना सकिएको छ । एपीएफको १४ अङ्क भएको छ । मनाङ २० अङ्क सहित दोस्रो स्थानमा छ । आजै एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको अर्को खेलमा न्युरोड टिम (एनआरटी) ले सङ्कटालाई एक–शून्य गोलले हरायो । उसका लागि स्टेफिनले गोल गरे । जितसँगै एनआरटी ११ खेलमा १७ अङ्कसहित शीर्ष पाँचमा पुगेको छ । १५ अङ्क रहेको सङ्कटा छैटौँ स्थानमा झरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति