प्रचण्डले भने – हाम्रो जोड गठबन्धन बचाउनेमा छ

काठमाडौं, ५ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुको जोड गठबन्धन बचाउनेमा भएको बताएका छन् ।
बिहीबार साँझमा पाँच दलीय समन्वय समितिको बैठक बस्नुअघि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच सिंहदरबारमा छलफल भएको थियो । उक्त छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीलाई कसरी निकास दिने भनेर छलफल भएको बताए ।तीन दलबीच साझा धारणा बन्यो भन्ने प्रश्नमा उनले भने, ‘हामी तीन दललाई एक मत बनाउने भनेर लागेकै छैनौं । पाँच दललाई कसरी बचाउने र एमसीसीलाई कसरी निकास दिने भन्ने छ ।’

बिहीबार साँझ बस्ने पाँच दलको बैठकले एउटा निकास निकाल्ने उनले बताए । प्रचण्डले भने, ‘हाम्रो जोड सकेसम्म यो गठबन्धन बचाउनेमा छ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति