विश्वभर कोरोना जित्नेको संख्या ३४ करोड नाघ्यो

काठमाडौं ५ फागुन । विश्वभर कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या ३४ करोड नाघेको छ।

पछिल्लो २४ घण्टामा २५ लाख २४ हजार निको भएसँगै कोरोना जित्नेको संख्या ३४ करोड ११ लाख पुगेको हो। पछिल्लो समय संक्रमण हुने भन्दा निको हुनेको दर बढ्दै गएको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले जनाएको छ।

२४ घण्टामा २० लाख ४४ हजार नयाँ संक्रमित थपिएसँगै विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४१ करोड ७८ लाखभन्दा धेरै भएको छ। यो अवधिमा १० हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ५८ लाख ६६ हजारभन्दा धेरै पुगेको छ।

वल्डोमिटरका अनुसार योसँगै विश्वभर सक्रिय संक्रमितको संख्या ७ करोडमा झरेको छ। अझै पनि ७ करोड ८ लाख सक्रिय संक्रमित रहेकामा ८४ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति