२४ घण्टामा विश्वभर २६ लाखले जिते कोरोना

काठमाडौं, ४ फागुन । विश्वभर कोरोनाका थप २६ लाख बिरामी निको भएका छन्। गत २४ घण्टामा यो खबर तयार पार्दासम्म २६ लाख ३३ हजार संक्रमित निको भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले उल्लेख गरेको छ। यो सँगै विश्वभर कोरोना जित्नेको संख्या ३३ करोड ३ लाख ९६ हजारभन्दा धेरै भएको छ।

यस्तै थप १ लाख ६० हजार नयाँ संक्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको संख्या ४१ करोड ५७ लाख ३३ हजार पुगेको छ।

२४ घण्टामा ९ हजार ७ सय जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ५८ लाख ५५ हजार पुगेको वल्डोमिटरले उल्लेख गरेको छ।

कोरोना संक्रमित थपिने दर कम हुँदै गएपछि सक्रिय संक्रमितको संख्या पनि कम हुँदै गएको छ।

अहिले विश्वभर ७ करोड १४ लाख १ हजार सक्रिय संक्रमित रहेकामा ८५ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको छ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा मात्रै ७ करोड ९६ लाखमा कोरोना पुष्टि हुँदा ५ करोड ३ लाख निको भएका छन्। ९ लाख ४ हजारको भने मृत्यु भएको छ। त्यहाँ गत २४ घण्टामा मात्रै २ हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति