एमसीसीबारे निर्णय लिन माओवादीले बोलायो संसदीय दलको बैठक

काठमाडौं, ३ फागुन । माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ । बैठक बुधबार विहान १० बजे बोलाइएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

संसदीय दलको बैठकमा भएको निर्णयअनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकमा पार्टीको धारणा राख्ने उनले बताए । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक भोलि विहान ११ बजे बोलाइएको छ । मंगलबार बसेको सत्तारुढ दल नेपाली कांग्रेसले एमसीसी संसदमा पेश गर्न आग्रह गरेको छ । उसले एमसीसीका पक्षमा उभिने निर्णय गरेको छ । लगत्तै माओवादी केन्द्रले पनि संसदीय दलको बैठक बोलाएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति