काठमाण्डौ, ३ फागुन । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज भएका दुवै खेल बराबरीमा सकिएका छन् । दशरथ रङ्गशालामा भएको खेलमा बिग्रेड ब्वाइज र च्यासल युथ क्लबले गोलरहित बराबरी खेले ।
दुवै टोलीले गोलका राम्रा मौका पाए पनि सदुपयोग गर्न नसक्दा बराबरीसँगै ब्रिगेड ब्वाइजको ११ खेलमा सात अङ्क भएको छ भने च्यासलको ६ अङ्क छ । दुवै रेलिगेशन जोनमा छन् भने अर्को खेलमा जावलाखेल र फ्रेन्ड्स क्लबको खेल पनि रोमाञ्चक बराबरीमा सकिएको छ । जावलाखेलसँग फ्रेन्ड्सले तीन–शून्य को अग्रता पनि उल्टाउन सफल भयो । पहिलो हाफमा जावलाखेल तीन–एकले अघि थियो । जावलाखेलका लोइक एन्जिमीले दुई र रूपबहादुर लामाले एक गोल गरे । तर फ्रेन्ड्सका जमउल एन्थोली र ग्रासियाले एक गोल गर्दै खेल बराबरीमा ल्याए । यो बराबरीसँगै जावलाखेल ११ खेलमा १० अङ्कसहित ११ औँ स्थानमा छ भने फ्रेन्ड्स ११ खेलमा सात अङ्कसहित १२ औँ स्थानमा छ ।
प्रतिक्रिया