थप ६८० जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्‍यु

काठमाडौं, ३ फागुन । पछिल्लो २४ घण्टामा थप ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप २ जनाको मृत्‍यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ९५ नमुना परीक्षण गरिएको थियो ।

४ हजार २५६ जनानाको पीसीआर परीक्षण गर्दा ४९८ र दुई हजार ८३९ जनाको एन्टीजेन परीक्षण गर्दा १८२ गरी ६८० जनामा संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा एक हजार ८३५ जन संक्रमणमुक्त भएका छन् । हाल देशभर १९ हजार ४०० संक्रिय संक्रमित छन् ।

जसमध्‍ये १९ हजार ९८२ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने ७५७ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये १७४ जनाको आईसीयू र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख ११ हजार ८९८ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९०२ पुगेको छ भने ९ लाख ४२ हजार ७३७ जना संक्रमणमुक्त भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति