निर्वाचन भाँड्न प्रधानन्यायाधीशविरुद्ध महाअभियोग : शंकर पोखरेल (भिडियोसहित)

काठमाडौं, ३ फागुन । प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र अन्तर्गत संसदलबाट पास हुदैन भन्ने थाहा हुदा हुदै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएको बताए ।

एबीसी टेलिभिजनको कार्यक्रम आउटलुक विषेशमा कुराकानी गर्दै उनले आगामी वैशाख ३० का लागि तय गरिएको निर्वाचन सार्ने षडयन्त्र अन्तर्गत महाअभियोग प्रस्ताव दर्ता भएको बताए । प्रतिपक्षसंग कुनै सल्लाहनै नगरि ल्याएको महाअभियोगमा दलहरुले आफ्नो अभिष्ट पुरा गर्ने प्रधानन्याधीशलाई निलम्वनमा राख्ने काम भएको आरोप लगाए । छ महिना पछि सत्ता पक्ष प्रतिपक्षसंग संवादको वातावरण बन्दै गर्दा सत्ता पक्षले त्यो वातावरण विथोलेको बताए ।

उहाँ प्रधानन्यधीसका विरुद्धमा ६ महिना अघि उठेका प्रश्नलाई आज आएर छापामार शैलीमा महाअभियोग ल्याउनुमा सत्ता पक्षको स्वार्थ रहेको बताए । उनले सर्वोच्चमा रहेको मुद्धाहरुको कोभिडका कारण सुनुवाई प्रक्रिया नियमित नहुदा महाअभियोग दर्ता भएन अव सर्वोच्चमा भएका विचारधीन मुद्धाहरुको नियमित सुनुवाई प्रक्रिया हुन खोज्दा यस्तो वातावरण बन्नु पक्कैपनि मुलुकमा अस्थिरता उत्पन्न गराउने उदेश्यले महाअभियोग दर्ता गरिएको बताए ।

https://www.facebook.com/abctelevision/videos/1111382026097508
  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति