सन्दीपले बनाए टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा किर्तिमान, छिटो ५० विकेट लिने पहिलो नेपाली बलर

काठमाण्डौ, २ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले कीर्तिमान रचेका छन् । आज सोमवार भएको आयरल्यान्डसँगको खेलमा एक विकेट लिँदै सन्दीपले कीर्तिमान रचेका हुन् ।

आजको खेलमा आयरल्यान्डका जर्ज डोकरेलको विकेट लिएका सन्दीप टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गरेका हुन् । उनी यो उपलब्धि हासिल गर्ने पहिलो नेपाली बलर बनेका छन् । करण केसी पनि टी–२० मा ५० विकेटको नजिकै छन् । करणले अहिलेसम्म ३३ खेलमा ४४ विकेट लिइसकेका छन् । यो सँगै सन्दीप टी–२० मा छिटो (कम खेलमा) ५० विकेट लिने बलरको तेस्रो नम्बरमा परेका छन् । सन्दीपले २९ खेलमा यो उपलब्धि हात पारेका हुन् । यो सूचीको पहिलो नम्बरमा रहेका श्रीलङ्काका अजन्था मेन्डिजले २६ खेलमा ५० विकेट लिएका छन् । यस्तै दोस्रो नम्बरमा रहेका आयरल्यान्डका मार्च रिचार्ड एडरले २८ खेलमा ५० विकेट लिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति