रेखा थापाले गरिन् कोर्ट म्यारिज

काठमाडौं, २ फागुन । अभिनेत्री रेखा थापा विवाह बन्धनमा बाँधिएकी छिन् । उनले अमेरिका बस्दै आएका बलराम शाहीसँग केही दिनअघि कोर्ट म्यारिज गरेकाे बताएका छन् ।

नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री रेखा थापाको यो पहिलाे विवाह भने हाेइन यसअघि निर्माता छविराज ओझासँगको वैवाहिक सम्बन्ध सम्बन्ध विच्छेदमा टुंगिएको थियो । रेखा र शाही लामो समयदेखि प्रेम सम्बन्धमा थिए, प्रेमको चर्चा चलेपनि रेखाले आगामी वैशाखमा मात्रै विवाह गर्ने बताउँदै आएकी थिइन् । काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेको बताइएको छ । २०५६ सालमा चलचित्र ‘हिरो’ बाट डेब्यु गरेकी रेखाले एकदशकसम्म चलचित्र क्षेत्रमा राज गरिन् । हाल भने उनी चलचित्रभन्दा राजनीति क्षेत्रमा बढी सक्रिय देखिन्छिन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति