काठमाण्डौ, २ फागुन । ओमानमा भईरहेकाे चार देशीय टी-२० क्रिकेट शृङ्खला अन्तर्गत आयरल्यान्डले नेपाललाई एक सय २८ रनको लक्ष्य दिएको छ ।
अल अमिरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ओभरमा सबै विकेट गुमाएर एक सय २७ रन बनायो । आयरल्यान्डका जर्ज डोकरेलले २८, कर्टिस च्याम्परले २० र कप्तान एन्डी बलविरनेईले १९ रन बनाए भने बलिङतर्फ नेपालका लागि दीपेन्द्रसिंहले ऐरीले चार विकेट लिए । दीपेन्द्रले ४ ओभरमा २१ रन दिएर ४ विकेट लिए । यस्तै अभिनाश बोहराले दुई विकेट लिँदा कमल ऐरी, जितेन्द्र मुखिया र कप्तान सन्दीप लामिछानेले समान एक–एक विकेट लिएका छन् । विश्व कप क्रिकेटको ग्लोबल छनोटअघि चार देश (नेपाल, आयरल्यान्ड, ओमान र यूएई) बीच टी–२० क्रिकेट शृङ्खला हुन लागेको हो । यो शृङ्खलालाई नेपालले अर्को हप्तादेखि ओमानमै सुरु हुने टी-२० विश्व कप छनोटको पूर्ण तयारीका रूपमा लिइएको छ ।

प्रतिक्रिया