माइतीघरमा एमसीसी सम्झाैता विरुद्ध २२ दलको विराेध प्रदर्शन

काठमाडौं, २ फागुन । काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्‍वरसम्‍म अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विरुद्ध २२ दलीय गठबन्धनले विरोध प्रदर्शन गरेका छन् ।

“राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर” को ब्यानर सहित विभिन्न २२ दलको संयुक्त गठबन्धनले विरोध प्रदर्शन गरेको हो । उनीहरुले एमसीसी सम्झौता खारेज गर, एमसीसी चाहिँदैन-देश बेच्‍न पाइदैन, नेपाल विदेशी स्वार्थका लागि परेड खेल्‍ने ठाउँ होइन लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका थिए । विराेध प्रदर्शनमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मञ्च लगायत सहभागीहरू रहेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति