एमाले संसदीय दलको बैठमा ओलीले भने : गम्भीर सोचविचार गर्दै उत्तेजित नभइकन निर्णय लिन्छौं

काठमाडौँ, २ फागुन । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले अहिलेको परिस्थिति गम्भीर रहेको भन्दै गम्भीर सोचविचार गर्दै उत्तेजित नभइकन निर्णय लिने बताएका छन् ।

नयाँ बानेश्वरस्थित ल्होत्से भवनमा भएको एमाले संसदीय दलको बैठकमा उनले एमाले सांसदहरूको धारणा सुनेपछि उक्त प्रतिक्रिया दिएका हुन् ।‘अहिलेको परिस्थिति गम्भीर र अफ्ठ्यारो छ बिना उत्तोजना केही नगरिकन वस्तुगत भएर सोच्छौं र छलफल गरेर निर्णय गर्छौं,’ अध्यक्ष ओलीलाई उद्धृ गर्दै एमाले स्थायी कमिटीका सदस्य घनश्याम भुसालले भने ।बैठकमा भुसालले महाअभियोग लगाइएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयलाई बोकेर चुनावमा जान नसकिने बताएका थिए । साथै यी दुई मुद्दा बोकेर चुनावमा जानु राजनीतिक रुपमा गम्भीर गल्ती हुने उनको भनाइ थियो ।

अध्यक्ष ओलीले भने भुसाललाई जवाफ दिँदै गम्भीर परिस्थिति रहेकोले उत्तेजित नभइकन निर्णय लिनुपर्ने बताएका थिए । सचिवालयले यसबारे निर्णय गर्ने उनको भनाइ थियो । सोमबार बिहान ११ बजेपछि बानेश्वरमा सुरु भएको संसदीय दलको बैठक जारी छ । अहिले बैठकमा सांसदहरू बोल्ने क्रम जारी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति