ओमानमा नेपाल र आयरल्यान्ड भिड्दै

काठमाडाैँ, २ फागुन । ओमानमा जारी चारदेशीय टी–ट्वान्टी सिरिजअन्तर्गत अन्तिम खेलमा नेपालले आज आयरल्यान्डको सामना गर्दैछ ।

नेपाल र टेस्ट राष्ट्र आयरल्यान्डबीचको खेल ओमनको अल अमरेत क्रिकेट मैदानमा नेपाली समयानुसार अपराह्न ३ः४५ मा सुरुआत हुनेछ । सिरिजअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा भने नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग २५ रनले पराजित भएको थियो । यता आयरल्यान्डले पनि पहिलो खेलमा ओमानलाई नौ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा आयरल्यान्ड युएईसँग १३ रनले पराजित भएको थियो । यस आयरल्याडसँगको खेलसँगै नेपालको आइसिसी टि ट्वान्टी विश्वकप ग्लोबल छनोट ‘ए’ को सम्पूर्ण तयारी पूरा हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति