काठमाडौँ, २ फाल्गुन । नयाँ बानेश्वरमा जारी एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सत्तारुढ दलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग स्थानीय निर्वाचन विथाेल्ने षड्यन्त्र भएको बताएका छन् ।
नेता ओलीले महाअभियोग प्रस्ताव नै गलत भएको बताएका छन् । ‘यो सबै गलत छ, सत्तापक्ष र प्रतिपक्षी दलबीच औपचारिक बैठक बसेर एक प्रकारको निर्णय गरेको थियो तर त्यसको एक सातापछि यस्तो काम गर्यो’ नेता ओलीलाई उद्धृद्ध गर्दै सांसद नवीना लामाले भनिन् । यस्तै अध्यक्ष ओलीले सत्तारुढ गठबन्धन पाँच दलविरुद्ध एमाले एक हुने पनि बताए । यो सबै गतिविधि स्थानीय निर्वाचन समयमा गराउने षड्यन्त्र हो,’ उनकाे भनाई थियाे । एमसीसीसहितको अन्य विषयमा एमालेविरूद्ध गठबन्धनले काम गरिहेको पनि अध्यक्ष ओलीको आरोप रहेकाे छ । साथै सरकारको गतिविधि विरुद्ध एमालेले जन संघर्ष गर्ने बताइएको छ । यसबारे सम्पूर्ण विस्तृत जानकारी पछि आउने नेता लामाले बताइन् ।
प्रतिक्रिया