जिल्ला प्रशासन कार्यालयमा कर्मचारी अभाव

राजविराज, २ फागुन । दरबन्दीअनुसारका कर्मचारी नहुँदा जिल्ला प्रशासन कार्यालय सप्तरीको सेवा प्रभावित भएको छ । कार्यालयमा प्रमुख जिल्ला अधिकरी, सहायक प्रमुख जिल्ला अधिकारी, तीन प्रशासकीय अधिकृत, १० नायब सुब्बा, पाँच खरिदार र कार्यालय सहयोगीसहित ३३ जनाको दरबन्दी छ ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार एक अधिकृत, आठ नायब सुब्बा (नासु), पाँच खरिदार र कार्यालय सहयोगीकै भरमा अहिले कार्यालय सञ्चालन भइरहेको छ । प्रजिअ गौतमले भने, “कार्यालयमा तीन प्रशासकीय अधिकृतको दरबन्दी छ, तर एक जना प्रशासकीय अधिकृत एक्लैले सबै जिम्मेवारी धान्नु परिरहेको छ, गृह मन्त्रालयले दरबन्दीअनुसारका कर्मचारी पठाएको छैन, प्रायः सबै काम एक जनाले धानेको छ, निकै समस्या भएको छ ।” नायब सुब्बाको १० जनाको दरबन्दीमध्ये आठ नायब सुब्बा अहिले काम गरे पनि लामो समयदेखि नायब सुब्बाका दुई दरबन्दी रिक्त नै रहेका छन् । एक प्रशासकीय अधिकृत पनि विगतदेखि नै रिक्त रहेका कारण नागरिकता, राहदानी तथा अन्य महत्वपूर्ण कामकाज प्रभावित भएको जनाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति