प्रधानन्यायाधीशले निकास नदिएपछि महाअभियोग दर्ता गर्‍यौं : अध्यक्ष प्रचण्ड


जनकपुरधाम, १ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायालयमा देखिएको समस्याको निकास नदिएपछि महाअभियोग लगाएको बताएका छन् ।

आइतबार जनकपुरधाममा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले न्याय क्षेत्रमा देखिएका अन्योल, अराजकता र बेथितीको निकास प्रधानन्यायाधीशले दिनुपर्ने भए पनि उनले निकास नदिएपछि संवैधानिक बाटोबाट निकास दिन लागेको बताएका हुन् ।‘न्यायालयको बेथितीका लागि मुख्य जिम्मेवार प्रधानन्यायाधीश नै हुनुपर्छ ।

प्रधानन्यायाधीशले नै निकास दिनुपर्छ, विदा बसेर हुन्छ या सबैलाई विश्वासमा लिएर हुन्छ वा कुनै तरिकाले भन्दा पनि कहिँ कतै त्यस्तो स्थिति देखा परेन’ उनले भने, ‘झन् पछि झन् न्याय क्षेत्र विवादित हुने, अराजक हुने, झन् अन्योलग्रस्त हुने देखिएपछि एउटा वैधानिक, संवैधानिक र लोकतानित्रक बाटोबाट समस्याको निकास गर्ने भनेको महाअभियोग नै हुन्छ । त्यसमा गठबन्धनमा आम सहमति पनि भयो र हामीले त्यो दर्ता गर्‍यौं ।’उनले सत्तारुढ गठबन्धनको सहमतिबाटै महाअभियोग प्रस्ताव दर्ता गरेको पनि बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति