काठमाडौंमा पनि देखियो बर्डफ्लू

काठमाडौं, १ फागुन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार काठमाडौंमा गोकर्णेश्वर नगरपालिकामा पनि बर्डफ्लूको संक्रमण देखा परेको छ । स्थानीय किसानले पालेको पन्छीमा बर्डफ्लूको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ बालुवा भन्ने स्थानमा स्थानीयले पालेको कुखुरामा बर्डफ्लूको संक्रमण पुष्टी भएको छ । मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलका अनुसार संक्रमण देखिएको क्षेत्रको पन्छी नष्ट गरिनुका साथै निसंक्रमण समेत सकिएको बताए । थप संक्रमण फैलिन नदिन पशु सेवा विभाग र मन्त्रालयको टोलीले काठमाडौंमा २० वटा कुखुरा, ५ वटा परेवा र ३ वटा लौकाट नष्ट गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति