काेराेना अपडेटः थप पाँच सय २१ जना संक्रमण, १० काे मृत्यु

काठमाण्डौ, १ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा पाँच सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १० हजार एक सय १५ जनाको नमुना परीक्षण गर्दा पाँच सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन हजार नौ सय ३५ जना कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना सङ्क्रमणका कारण १० जनाको ज्यान गएको छ । हाल देशभर २२ हजार पाँच सय ८४ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति