कमल थापाले ब्यूँताए राप्रपा नेपाल, फागुन ७ मा घोषणा गर्ने

काठमाडौं, १ फागुन । पूर्वउपप्रधानमन्त्री कमल थापाले राप्रपा नेपाल पुनस् ब्यूँताउने भएका छन् । उनले देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तकको सुझावलाई मध्यनजर राख्दै राप्रपा नेपाल पुनर्जागृत गर्ने निर्णय गरेको आइतबार एक विज्ञप्ति जारी गरी बताएका छन् ।

२०६२/०६३ सालको जनआन्दोलन सफल भएपछि थापाले २०६३ सालमा राप्रपा नेपाल गठन गरका थिए । तर आफूहरुले २०७३ सालदेखि बाटो बिराएको भन्दै थापाले अहिले फेरि नियतीले ठीक ठाउँमा ल्याइपुर्‍याएको बताएका छन् ।अबदेखि ‘हिन्दुराष्ट्र, सुशासन र समृद्धि’ राप्रपा नेपालको मूल एजेण्डा हुने थापाले बताएका छन् । उनले राप्रपा नेपालको घोषणासभा आगामी फागुन ७ गते काठमाडौंमा गर्ने पनि बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति