एनआरटी र हिमालयन शेर्पा गोलरहित बराबरी

काठमाण्डौ, १ फागुन । शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबले गोलरहित बराबरी भएकाे छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको खेलमा दुवै टोलीले केही मौका बनाए पनि गोल भने गर्न सकेनन् । बराबरीसँगै दुवै टोलीलै एक–एक अङ्क बटुलेका छन् । आजको बराबरीसँग एनआरटी १० खेलमा १४ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ । समान खेल खेलेको हिमालयन शेर्पा १२ अङ्कसहित आठौँ स्थानमा छ । आजै हुने अर्को खेलमा एपीएफ क्लब र सङ्कटा क्लब बेलुका पौने ५ बजे खेल्दैछन् । एपीएफ नौ खेलमा १० अङ्कसहित नवौँ स्थानमा छ भने सङ्कटा उति नै खेलमा १४ अङ्कसहित छैटौँ स्थानमा छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति