नेप्से एक सय एक अङ्कले घट्यो

काठमाण्डौ, १ फागुन । नेप्से परिसूचक आज एक सयभन्दा धेरै अङ्कले घटेर दुइ हजार सात सय दशमलव ३२ अङ्कमा झरेको छ ।

सबै समूहको शेयर घटेकोमा बीमा समूह, विकास बैंक, उत्पादन समूह, माइक्रोफाइनान्स, फाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले घटेको छ । दुई सय २७ कम्पनीको एक करोड १६ लाख कित्ता शेयर पाँच अर्ब ९७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै माथिल्लो तामाकोशीको ३२ करोड रुपैयाँको शेयर किनबेच भयो । माथिल्लो तामाकोशी र नारायणी विकास बैंकको शेयर सबैभन्दा धेरै आठ प्रतिशतभन्दा धेरैले घटेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति