काठमाडौं १ फागुन। सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरावरिुद्ध महाअभयिोग प्रस्ताव दर्ता गरेका छन् । ९८ जना सांसदहरुले आज संसद सचविालयमा महाअभयिोग प्रस्ताव दर्ता गरेका हुन् ।
प्रधान न्यायाधीश जबरा लोकतन्त्र र वधिकिो शासनको जगेर्ना गर्न अक्षम भएकाले उनीवरिुद्ध महाअभयिोग लगाउनुपर्ने उनीहरुको प्रस्ताव छ ।
महाअभयिोग प्रस्तावमा लोकतन्त्र, मानवअधकिार, जनताको न्याय, वधिकिो शासन, संवैधा,नकि सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, नश्पिक्ष र जम्मिेवार न्यायपालकिाको जगेर्ना गर्न उनी अक्षम रहेको मुख्य लगाइएको छ ।
सर्वोच्च अदालत लगायत न्यायापालकिाभत्रि नै उनको कार्यकालमा अतशिय वकिृत,ि वसिंगती, भ्रष्टाचार तथा वचिौलयिाहरुले प्रवेश पाएको र प्रभाव बढाउँदै लगेको महाअभयिोग प्रस्तावमा अर्को आरोप लगाइएको छ । सत्तारुढ दलमाथि लामो समयदेखि प्रन्यामाथि महाअभियोग लगाउन दबाव बढ्दै आएको थियो । आज अकस्मात छापामार शैलीमा नै सत्तारुढ दलका सांसदहरुले महाअभियोग दर्ता गरेका हुन् ।
महाअभियोग दर्ता संगै प्रधानन्यायधिश राण निलम्वनमा परेका छन् । उनी निलम्वनमा परेपछि दोसश्रो वरियताका दिपक कार्काी कामय मुकामय प्रधानन्यायधिश बनेका छन् ।
यस अघि २०७३ सालमा तत्कालीन समयमा पनि नेकां र माअेवादी सत्तारुढ गठबन्धनले प्रधानन्यायधिश शुशीला कार्कीमाथि महाअभियोग दर्ता गरेका थिए ।
कार्कीमाथिको महाअभियोग संसद बाट फैसला हुनु पूर्व नै हालका प्रन्या राणाले कार्कीमाथि महाअभियोगका मुद्धामा फैसला गर्दै पद बहाली गरिदिएका थिए ।



प्रतिक्रिया