विश्वभर कोरोना संक्रमित हुनेको संख्या ४१ करोड नाघ्यो

काठमाडौँ, १ फागुन । विश्वभर कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ४१ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा १८ लाख ४७ हजार कोरोना संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ४१ करोड ५ लाख ५२ हजार पुगेको हो ।

यद्यपि हालसम्म ३३ करोड ६ लाख ३३ हजार ३ हजार जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै १९ लाख १५ हजार ८५० जना संक्रमणमुक्त भएका छन् । आज थपिनेभन्दा निको हुनेको संख्या ६८ हजारले बढी छ । पछिल्लो एक दिनमा ७ हजार ५८६ जना संक्रमितको मृत्यु भएसँगै कुल मृतकको संख्या ५८ लाख ८२ हजार ७ हजार ७१६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कुन देशमा कति थपिए ?

जर्मनीमा एक लाख ५१ हजार, ब्राजिलमा एक लाख ३४ हजार, फ्रान्समा एक लाख १८ हजार, टर्कीमा ८६ हजार, इटलीमा ६२ हजार अमेरिकामा ५९ हजार र बेलायतमा ४६ हजारमा संक्रमण पुष्टि भएको हो ।

निको हुनेमा फ्रान्समा ३ लाख एक हजार, अमेरिकामा एक लाख ३२ हजार, रुसमा एक लाख १२ हजार, इटलीमा एक लाख १७ हजार, बेलायतमा ८७ हजार, जर्मनीमा ८२ हजार र टर्कीमा ७३ हजार छन् ।

मृत्यु हुनेमा ब्राजिलमा ८९२, अमेरिकामा ८७३, रुसमा ७२९, टर्कीमा २७२, इटलीमा २८९, बेलायतमा १६७ र फ्रान्समा १६१ जना छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति