काठमाडौं, १ फागुन । संखुवासभास्थित अरुण नदीमाथि लगाइएको बेलिब्रिज भाँचिएको छ। शनिबार दिउँसो बेलिब्रिज भाँचिँदा तीनवटा ट्रक नदीको बीचमा अड्किएका छन्।
संखुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलिब्रिज भाँचिएको हो। मकालु ५ को नुम र वडा नम्बर(१ वालुङ जोड्ने अरुण नदीमाथि हालिएको बेलिब्रिज शनिबार दिउँसो भाँचिँदा तीनवटा ट्रक अरुण नदीमा खसेका छन्। पुलको मध्यभागबाट भाँचिएपछि तीनवटै ट्रक नदीको बीचमा खसेका छन्। दुर्घटनापछि चालक र सहचालकलाई स्थानीयले बचाएका छन्। निर्माण सामग्री बाकेको ट्रक तार्ने क्रममा बेलिब्रिज भाँचिएको मकालु गाउँपालिका–५ का कार्यपालिका सदस्य पुरन याम्फुले बताए। बेलिब्रिज भाँचिँदा इप्सुवा हाइड्रो पावर कम्पनीको निर्माण सामाग्री बोकेका तीनवटा अरुण नदीमा खसेका हुन्। बेलिब्रिज भाँचिएपछि आवतजावत ठप्प भएको छ।
पुलको क्षमता भन्दा बढी सामान बोकेर तीनवटा ट्रक तार्ने क्रममा दुर्घटनामा भएको कार्यपालिका सदस्य याम्फुले जानकारी दिएका छन्।तीनवटै ट्रक हाइड्रो पावरको निर्माण सामाग्री बोकेर वालुङतिर जाँदै थिए। दुईवटा रड र एउटामा टनेल पाइप थियो। यो बेलिब्रिज २०७५ सालमा इप्सुवा हाइड्रोपावरले अरुणबाट निर्माण सामाग्री तार्न बनाएको थियो।
प्रतिक्रिया