एमालेको अनुरोध अनुसार संसद् बैठक सारौं

काठमाडौं, २९ माघ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई फागुन २ का लागि तोकिएको प्रतिनिधि सभाको बैठक सार्न आग्रह गरेका छन्।

शनिबार बालुवाटारमा तीन शीर्ष नेताबीच भएको छलफलमा नेताद्वय प्रचण्ड र नेपालले प्रधानमन्त्री देउवालाई फागुन २ गते प्रमुख प्रतिपक्ष दल एमाले उपस्थित हुन नसक्ने भएकाले संसद् बैठक फागुन ४ गते राख्न सुझाव दिएका हुन्। प्रचण्डकी छोरीसमेत रहेकी स्वकीय सचिव गंगा दाहालले भनेकी छन्, ‘प्रधानमन्त्री निवास बालुवाटारमा तीन शीर्ष नेताबीच भएको भेटवार्ताका क्रममा २ गते (फागुन) हुने भनिएको संसद अधिवेशन प्रमुख प्रतिपक्ष दल एमाले २ गते उपस्थित हुन नसक्ने र संसद सार्न गरेको अनुरोधको कारण अध्यक्षद्वयले फागुन ४ गते राख्न सुझाव दिनुभएको छ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति