प्रधानमन्त्री देउवा प्रचण्ड र माधवबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन् ।एमसीसीसम्बन्धी विषय पेचिलो भइरहेका बेला देउवालाई भेट्न प्रचण्ड र नेपाल प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका हुन् । सत्तागठबन्धनमा आवद्ध तीन शीर्षस्थ नेताबीच एमसीसी र स्थानीय चुनावबारे छलफल भइरहेको बताइएको छ ।

नेपाली कांग्रेस एमसीसीको पक्षमा छ भने माओवादी एमसीसी संशोधन गरेर मात्रै संसदबाट पारित गर्नुपर्ने लाइनमा छ । नेकपा एसले भने एमसीसीको विरोध गरिरहेको छ ।प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले एमसीसीलाई संसदबाट पारित गराउने प्रतिवद्धतासहित लेखेको पत्र बाहिरिएपछि यसबारे आमचासो बढेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति