कांग्रेसले १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने

काठमाडौं, २८ माघ । नेपाली कांग्रेसले अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाको अधिवेशन मितिको टुंगो लगाएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले अधिवेशन हुन बाँकी १६ जिल्लामा फागुन १३ गते अधिवेशन गर्नेगरी मिति टुंग्याइएको जानकारी दिएका छन् ।

उनले फागुन १० गतेभित्र अधिवेशन हुन बाँकी रहेका वडा र पालिका, प्रदेश निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन भइसक्नुपर्ने गरी मिति तोकिएको बताए ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा अधिवेशन हुन बाँकी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति