काठमाडौँ, २८ माघ । प्रणय दिवस नजिकिँदै गर्दा प्रेमिल शैलीका म्युजिक भिडियो सार्वजनिक हुँदैछन् । फेब्रुअरी १४ का दिन विश्वभर प्रणय दिवस मनाउने गरिन्छ । यसैक्रममा युवा गायक प्रदीप धमलाले ‘सुनन’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
युवा, प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको सो गीतमा गायक धमलाकै शब्द र सङ्गीत रहेको छ । शिवम् रसाइलीले यस गीतमा सङ्गीत संयोजन गरेका हुन् । अनिल कटुवालले छायाङ्कन र सम्पादन भएको उक्त भिडियोमा सविता कुटु र गायक धमलाको अभिनय हेर्न सकिन्छ । भिडियोमा ‘द’ डान्स सोर्स समूहको समेत प्रस्तुति रहेको छ । म्युजिक भिडियो ओपिडी ट्युन्स नामक च्यानल मार्फत् सार्वजनिक भएको हो ।
प्रतिक्रिया