सरकारले स्थानीय तहको चुनाव सार्न षडयन्त्र गरिरहेको छ – अध्यक्ष ओली

काठमाडौं, २८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले अझै स्थानीय तहको नगर्न सक्ने आशंका गरेका छन्। शुक्रबार सातै प्रदेशमा आयोजित चुनावकेन्द्रित पार्टी प्रशिक्षण कार्यक्रम भर्चुअल माध्यमबाट एकसाथ उद्घाटन गर्ने क्रममा उनले सरकारले चुनाव सार्ने षडयन्त्र गरिरहेको आरोप लगाएका हुन्।

‘एकै चरणमा निर्वाचन गर्ने भनेर घोषणा हुदाँ पनि गठबन्धनबाट यस्ता कुरा आइरहेको छ कि चुनाव सार्न सक्ने षडयन्त्र भइरहेको छ’, ओलीले भने, ‘वैशाख ३० मा हुने स्थानीय तहको असाधारण महत्व छ। यसले ठूलो राजनीतिक फैसलाको प्रारम्भ गर्दछ। यो अन्तिम फैसला हैन।’ एमालेले आज (शुक्रबार) सातै प्रदेशमा एकसाथ ‘स्थानीय तह निर्वाचन तयारी केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम’ उद्घाटन गरेको हो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति