प्रचण्डलाई ओलीको जवाफ : एमसीसीबारे पहिला आफूले निर्णय गर्नुस्, एमालेले त निर्णय गरिहाल्छ

काठमाडौं, २८ माघ । एमसीसीका विषयमा सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार साँझ प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेका छन्।

एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीबार साँझ ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन’ भन्दै अध्यक्ष ओलीलाई फोन गरेका हुन्। ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन’ भन्दै हिजो (बिहीबार) साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोन गर्दा हाम्रो पार्टीका अध्यक्ष केपी ओलीले स्पष्ट शब्दमा भन्नुभएको छ’, रिजालले ओलीको भनाइ उधृत गर्दै भने, ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर वचन दिनुभएको छ, हटाइसकेपछि ‘४/५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ। अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधि सभामा १ सय ६५ सदस्य छन्।

पहिले आफूले निर्णय गर्नूस्, नेकपा एमाले त निर्णय गरिहाल्छ।’ रिजाल भन्छन्, ‘एमसीसीका सम्बन्धमा विदेशीले सोधून् वा स्वदेशीले, नेकपा एमालेको धारणा स्पष्ट छ।’ बिहीबारै दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायकमन्त्री डोनाल्ड लुले प्रचण्डलगायत प्रमुख दलका शीर्ष नेताहरूलाई वासिङ्टनबाट सीधै फोन गरेर एमसीसी सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन गराउन दबाब दिएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति