कांग्रेसको निष्कर्ष : गठबन्धन भन्दा एमसीसी अनुमोदन महत्पूर्ण

काठमाडौं, माघ २७ । नेपाली कांग्रेसले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्नुपर्ने निश्कर्ष निकालेको छ ।बिहीवार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले एमसीसी देशको पक्षमा रहेको निश्कर्ष निकालेको नेता डा. शशांक कोइरालाले जानकारी दिए ।

बिहीवारको बैठकमा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले एमसीसीबारे प्रष्ट पार्न पूर्व अर्थमन्त्री डा. रामशरण महतलाई आग्रह गरेका थिए । महतले एमसीसी राम्रो अनुदान भएकोले गुमाउन नहुने धारणा राखेका थिए । देउवाले सरकार एमसीसी अनुमोदनको पक्षमा रहेको बताएका थिए ।

‘एमसीसी विद्युत र बाटोको लागि हो भनेर जनमानसमा भन्नुपर्छ र अनुमोदन गर्नुपर्छ भन्ने निश्कर्ष छ,’ कोइरालाले भने । उनले गठबन्धन टुट्ने या कायम रहने भन्दापनि एमसीसी पारित गर्नुपर्ने कुरा उठेको बताए । पूर्व महामन्त्री कोइरालाले स्थानीय तह चुनावमा कांग्रेस एक्लै लड्नु पर्ने बताएका थिए ।

‘गठबन्धनको विषयमा मैले कुरा राखे, हामीले आफ्नो अस्तित्व जोगाउनु पर्छ भन्ने कुरा गरे । मेरो कुरामा धेरैको सहमति छ,’ कोइरालाले भने ।बैठकमा स्थानीय तहको चुनाव, भातृ संगठनको अधिवेशन लगायतको विषयमा कुरा भएको थियो । केही भातृ संगठनको अधिवेशन स्थानीय तहको चुनाव अगावै गर्ने सहमति भएको उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति