बेलायतका प्रधानमन्त्रीले तोकिएको समयअगावै प्रतिबन्धहरु हटाउने


लन्डन
२७ माघ ; बृटिश प्रधानमन्त्री बोरिस जोनसनले यसअघि तोकिएको समयभन्दा पनि अगावै बेलायतमा कोरोनाका विरुद्धमा लगाइएको प्रतिबन्ध हटाउने बताउनुभएको छ ।
उहाँले बुधबार सो कुराको घोषणा गर्नुभएको हो । बेलायतमा आगामी मार्चको २४ तारिखसम्मका लागि कोरोना भाइरसका विरुद्धका प्रतिबन्धहरु लगाइएको छ ।

तर त्यस अगावै सबै प्रकारका प्रतिबन्धहरुलाई फुकुवा गर्ने तयारी सरकारले थालिसकेको र फुकुवा पनि गरिने घोषणा उहाँले गर्नुभएको बताइएको छ । उहाँले अहिले पनि बेलायत सरकारले कुनै पनि कोभिड पोजेटिभ व्यक्तिले पाँच दिनमात्र आइसोलेसनमा बसे हुने खालको नीति घोषणा गरेको बताउनुभयो ।

उहाँले अब बेलायत सरकारले कोभिड लागेका र कोभिडका विरुद्धका प्रतिबन्धहरुमा पनि धेरै परिवर्तन गर्ने तयारी गरेको जानकारी गराउनुभएको हो । (सिन्ह्व–––

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति