लागुऔषधसहित एक पक्राउ

गण्डकी, २७ माघ । प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिसुवा हंसपुरबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–२७ बगादी खोला बस्ने २७ वर्षीय सरोज कुमाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

पक्राउ परेका कुमालको साथबाट प्रहरीले डाइजोपाम–४६ एम्पुल, फेनारगन–४३ एम्पुल र नुर्फिन–४३ एम्पुल गरी कुल १३२ एम्पुल लागुऔषध, एक थान मोबाइल र १८ हजार नगद बरामद गरेको उनले बताए । कुमाललाई लागुऔषधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति