एएमसीसी विरुद्ध नेकपा एस सडकमा, फागुन १ गते देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं, २६ माघ । सत्तारुढ नेकपा एकीकृत समाजवादीले एमसीसीको विरोधमा फागुन १ गते देशभर प्रदर्शन गर्ने भएको छ ।
नेकपा एस सम्बद्ध मोर्चा संगठनको बैठकले एमसीसी सम्झौताको विरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको मोर्चा संगठन प्रमुख डा। विजय पौडेलले बताए ।फागुन १ गते दिउँसो २ बजे ७७ वटै जिल्लामा एकैपटक एमसीसीविरुद्ध प्रदर्शन गर्न लागिएको हो ।

त्यसका लागि जनवर्गीय संगठनहरुलाई बैठकले निर्देशन दिएको छ ।एमसीसीको विषय सत्ता गठबन्धनमै पेचिलो बन्दै गएका बेला नेकपा एसले सडकमै उत्रिएर विरोध गर्न लागेको हो ।फागुन २ गते संसद बैठक बस्न लागेको र त्यसमा एमसीसी टेबल गर्न प्रधानमन्त्रीले चाहेको भन्दै नेकपा एसले फागुन १ गते नै विरोध प्रदर्शन गर्न लागेको नेताहरुले बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति