फिल्म नचल्नुमा मेरो पनि दोष छः तुलसी घिमिरे

काठमाण्डौ, २५ माघ । तुलसी घिमिरेले निर्देशन गरेका फिल्म ‘कुसुमे रुमाल’, ‘लाहुरे’, ‘चिनो’, ‘देउता’, ‘दर्पण छायाँ’ ले नेपाली दर्शककाे मन जितेका थिए । कुनै समय उनकाे हरेक चलचित्र हिट भएका थिए तर ‘दर्पण छायाँ’ पछि उनले निर्देशन गरेका फिल्मले व्यवसायिक सफलता हासिल गर्न सकेन ।

असफलताकाे दोष उनी आफूसँगै फिल्म रिलिज गर्ने नियमलाई दिन्छन् । उचित समयमा रिलिज हुन नपाउँदा कथावस्तु पुरानो भएर कति फिल्म नचलेको बताउँदै उनले आफ्नो कमी-कमजोरीका कारण पनि फिल्म नचलेको स्वीकार गरेका छन् । उनले भने, ‘समयको गतिसँग म गतिशिल हुन नसकेको पनि हो । ‘दर्पण छायाँ’ पछि प्रविधि परिवर्तन हुन थाल्यो । डिजिटलको युग सुरु भइसकेको थियो । तुलसी घिमिरेले वर्षौं अगाडि गौतमबुद्धको विषयमा फिल्म बनाउने भने तापनि आर्थिक कारणले फिल्म बन्न सकेन । उनी यो फिल्मलाई आफ्नो ड्रिम प्रोजेक्ट बताउँछन् । लामो समयकाे अध्ययन गरेर स्क्रिप्ट लेखेको र उनी यो फिल्मले अस्कार जित्नेमा समेत विश्वस्त छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति