काेराेना अपडेटः थप एक हजार ९५७ मा कोरोना पुष्टि, ११ जनाको मृत्यु

काठमाडौँ, २५ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज १२ हजार ६९२ नमूनाको एन्टिजेन र पीसीआर विधिबाट परीक्षण गरिएको थियो । पीसीआर विधिबाट गरिएको आठ हजार ५८७ परीक्षणमा एक हजार १८४ र चार हजार १०५ एन्टिजेन विधिबाट भएको परीक्षणमा ७७३ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा निको हुनेको संख्या भने पाँच हजार १०३ रहेको छ । नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार १८१ रहेको छ । २४ घण्टामा ११ जनाले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ८३८ पुगेको छ । आज दुई लाख ७३ हजार ३४९ जनाले खोप लगाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति