महाभारतका भीम प्रवीण कुमारको निधन

काठमाडौ, २५ माघ । भारतको दूरदर्शन च्यानलमा प्रसारित बीआर चोपडाको चर्चित धारावाहिक महाभारतका भीम अभिनेता प्रवीण कुमार सोबतीको ७४ वर्षकाे उमेरमा निधनको भएको छ ।

महाभारतका साथै उनले अन्य धारावाहिक तथा बलिवुड चलचित्रहरूमा पनि अभिनय गरेका थिए । अग्लो र बलियो शारीरिक बनावटको कारण प्रवीण कुमारलाई महाभारतमा भीमको भूमिका प्रस्ताव भएकाे थियो । उनको निधनमा महाभारतमा युधिष्ठिरको भूमिका गर्ने गजेन्द्र चौहनले ट्विटर मार्फत शोक व्यक्त गरे । उनले लेखेका छन्, ‘आज बिहानै एउटा दुःखद समाचार प्राप्त भयो । मेरा महाभारतका भाइ प्रवीण कुमार हामी सबैलाई छोडेर अनन्त यात्रामा गएका छन् । विश्वास नै भएको छैन । तपाईँ सधैँ हाम्रो यादमा रहनु हुनेछ ।’ कुमार एसियाली र कमनवेल्थ गेम्सका पदक विजेता पनि थिए । उनले दुई पटक ओलम्पिकमा भारतको प्रतिनिधित्व गरेका थिए । केही वर्षयता उनले आर्थिक अभावको सामना समेत गरे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board