काठमाडौं, २३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गत ससेप्टेम्वरमा एमसीसीलाई लेखेको पत्र कुटनीतिक पहल र गठवन्धन सरकारको रक्षाका लागि गरिएको माओवादी केन्द्रल बताएको छ ।
आइतबार सांझ अध्यक्ष प्रचण्डका निजी सचिव रमेश मल्लले प्रेस नोट जारी गर्दै एमसीसीलाई लेखिएको पत्र तत्कलीन अवस्थामा प्रतिगमनलाई परास्त गरेर गठन भएको सरकारमाथि दबाब बढेको समयमा त्यसको रक्षालागि गरिएको स्पष्ट गरेका छन् । एमसीसी विना परिमार्जन अघि बढाउन नसकिने स्पष्ट गर्दै तत्कालीन नेकपाले गरेको निणर्यभा आधारमा नै अघि बढ्ने बताइएको छ ।
आइतबार मात्र प्रम देउवा र प्रचण्डले लेखेको पत्र र एमसीसी मुख्यालयले दिएको प्रतिउत्तर पत्र सार्वजनिक भएको थियो । आइतबार संझ नै प्रधानमन्त्री देउवा, प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच एमसीसीका बारेमा छलफल भएको थियो ।
छलफलमा प्रचण्डले आगामी चुनावपछि मात्र एमीसीलाई अघि बढाउने बारे संयुक्त रुपमा अनुरोध गर्न प्रस्ताव गरेका थिए । प्रचण्डको सचिवालयले जारी गरेको वक्तव्य यस्तो छ ।

प्रतिक्रिया