काठमाडौं, २३ माघ । एमसीसीलाई लिएर नेकपा माओवादी केन्द्रले तत्कालै सरकारबाट फिर्ता हुनेबारे केही नसोचेको नेता नारायणकाजी श्रेष्ठले बताएका छन्। गत असोज १३ गते प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई लेखेको पत्र सार्वजनिक भएसँगै सत्ता गठबन्धनमा खटपट भइरहेका बेला श्रेष्ठले यसो भनेका हुन्।
एमसीसीका कारण यो गठबन्धन बनेको होइन। बाहिर आए जस्तो सरकारबाटै फिर्ता हुने तहसम्मको तिक्तता गठबन्धनमा छैनु उनले भने, सरकारबाट मन्त्री फिर्ता बोलाउन त पहिले गठबन्धन फुट्नु पर्छ। अहिले नै गठबन्धन टुट्ने कुरा केही पनि भएको छैन।यद्यपि नेता श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसीको विषयमा प्रधानमन्त्री देउवालाई सघाए गठबन्धन नरहन सक्ने आशंका गरे। केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसी पास गर्न सघाए गठबन्धन टुट्न सक्छु उनले भने, ुअहिले गठबन्धनमा कुनै समस्या छैन। एमसीसीकै कारण यो गठबन्धन बनेको पनि होइन।
स्रोतका अनुसार आइतवार बिहान प्रधानमन्त्री देउवाले नारायणकाजी श्रेष्ठलाई फोन गरेका थिए। उनले फोनमा एमसीसीलाई मिलाएर जानुपर्यो, सहयोग गर्नुपर्यो भनेका थिए।
देउवाले नारायणकाजीसँग एमसीसीले गर्दा अफ्ठ्यारोमा पारेको बताएका थिए। हामी मिलेर जानुपर्यो देउवाले फोनमा भने।
त्यसपछि नारायणकाजीले जवाफमा भनेका थिए, हाम्रो पार्टीको स्पष्ट अडान संशोधन र परिमार्जन नभइ एमसीसी पास हुनु हुँदैन भन्ने हो। त्यसमा हामी अडिग छौँ। हाम्रो पार्टीको निर्णय पनि यही हो। यहाँबाट हामी दायाँबायाँ हुँदैनौँ। त्यसपछि देउवाले ‘कुरा बुझेँ, कुरा बुझेँ’ भन्दै फोन राखे। माओवादी केन्द्रका अर्का नेता शक्ति बस्नेतले पनि सरकारबाट तत्कालै बाहिरिनेबारे नसोचेको बताए। तत्कालै माओवादीले सरकारबाट बाहिरिनेबारे सोचेको छैनु, उनले भने, तत्काल सरकारबाट फिर्ता नहुने भन्ने नै हो। यसबारे कुरा भएको छैन। अध्यक्ष प्रचण्डले पनि अहिलेसम्म सरकारबाट फिर्ता हुने कुरा गर्नु भएको छैन।
प्रतिक्रिया