बालुवाटारमा प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्रीद्वय ओली र प्रचण्डबीच बैठक सुरु


काठमाडौँ, २३ माघ
प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको बैठकका लागि एमाले अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड केहीबेर अघि बालुवाटार पुग्नुभएको हो । 

निवर्तमान प्रधानमन्त्री ओली प्रधानमन्त्री पदबाट बाहिरिएपछि औपचारिक बैठकका लागि आज पहिलो पटक बालुवाटार प्रवेश गर्नुभएको हो । उहाँहरुबीचमा पछिल्लो समसामयिक राजीतिका साथै मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसिसि) बारेमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ । 

–––

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति