सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय

काठमाडौँ, २३ माघ । सुनचाँदी बजारमा साताको पहिलो कारोबार भएको दिन आज छापावाल सुनको मूल्य अधिल्लो कारोबार मूल्यका तुलना बढ्दै प्रतितोला ९२ हजार ५ सय पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन प्रतितोला ९२ हजार कायम भएको छ, गत शुक्रबार पनि उक्त सुन प्रतितोला ९२ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य पनि अधिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २५० कायम रहेको महासङ्घले जनाएको छ । अन्तरर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०७ डलर आसपास कारोबार भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति