दुर्घटनामा परी एकको मृत्यु एक घाइते

मार्तडी, २३ माघ । जिल्लाको बुढीगङ्गा नगरपालिका–६ बाम्का बजार नजिकै गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु हुनाका साथै अर्को एक जना घाइते भएका छन् ।

अछाम जिल्ला घर भई बाम्का बजारमा सुन चाँदी पसल गर्दै आएका मोटरसाइकल चालक बलबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको र त्यसमा सवार त्रिवेणी नगरपालिका–४ का गगन साउद घाइते भएको प्रहरीले जनाएको छ । साउद सख्त घाइते भएकाले अछामको बयालपाटा अस्पतालमा उनको उपचार भइरहेको बताइएको छ।फालासैनबाट बाम्का जाँदै गरेको सुप्रप–०१–००८ प ४०५० नं को मोटरसाइकल अनियन्त्रित भई ठोक्किएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति