काठमाडौं, २३ माघ । अमेरिकी सहायता परियोजना (एमसीसी) र पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीको माग गर्दै एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शन गरेको छ । राजधानीको शंकरदेव क्याम्पसअघि मसाल जुलुसहित प्रदर्शनमा उत्रिएका उनीहरुमाथि प्रहरीले हस्तक्षेप गरेको थियो ।प्रदर्शनका क्रममा उनीहरुले एमसीसी खारेज गर, पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर लगायतका नारा लगाएका थिए ।अनेरास्ववियूको मातृ पार्टी नेकपा (एकीकृत समाजवादी) सरकारमा समेत सामेल छ ।प्रधानमन्त्री शेरबहादुर देउवा तत्कालै एमसीसी पास गर्नुपर्ने पक्षमा रहे पनि एकीकृत समाजवादी संशोधनबिना पारित गर्न नहुने पक्षमा छ ।
एमसीसी र मूल्यवृद्धि खारेजीको माग गर्दै अनेरास्ववियूको प्रर्दशन
प्रतिक्रिया